नाफा सुरक्षित गर्ने होडले नेप्सेमा दोहोरो अंकको गिरावट

0
Shares

नेप्से सूचकले बुधबार नयाँ कीर्तिमानीपछि साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।

बिहीबार अल्पकालीन लगानीकर्ता हाबी हुँदा बजार सूचक सुरुवातदेखि नै घट्न थालेको थियो । कारोबार अवधिको बीचमा बीचमा नेप्से सुधारको संकेत देखिएपनि बिक्रीचाप हाबी हुँदा अन्तत बजार सूचक १५.११ अंकले घटेर बन्द भएको हो ।

बिहीबार १५.११ अंकले घटेर ३ हजार ७९ दशमलव ८३ बिन्दुमा बन्द भएको छ । यस्तै, ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स ३.४७ अंकले घटेर ५७० दशमलव ८५ बिन्दुमा झरेको छ । बुधबार नेप्से सूचक ३०९४.९४ अंकमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

कूल २१७ वटा कम्पनीको २ करोड ६० लाख ४० हजार कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ९० करोड ५८ लाख ३० हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टक एक्सचेञ्जका अनुसार कारोबार आएका १३ समूहमध्ये २ वटा समूहको सूचक बढेका छन् भने ११ वटाको घटेको छ । होटल र विकास बैंकको सूचक १ प्रतिशत बढेकोमा वित्त र लगानी सूचक १ प्रतिशत धेरैले घटेका छन् ।

त्यसैगरी, बिहीबार रिडी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको मूल्य ६६ रुपैयाँले बढेर ७२९ मा बन्द भएको छ । यस्तै जीवन विकास लघुवित्तको मूल्य पनि ७५ रुपैयाँले बढेर ९८९ रुपैयाँमा कारोबार भएको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक, युनाइटेड इदिमर्दी एण्ड हाइड्रोपावर, चन्द्रागिरी हिल्स, ग्रीन डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकको मूल्य पनि ४ प्रतिशतभन्दा बढीले बढेको छ ।

आजको कारोबारमा गुडविल फाइनान्स कम्पनीको मूल्य ६२ रुपैयाँले घटेर ७९८ मा झरेको छ । मूल्य घटेर कम्पनीको उच्च कारोबार भएको हो । आज फाइनान्सको ३३ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

माउन्टेन हाइड्रोपावर नेपाल, जानकी फाइनान्सको ५ प्रतिशतभन्दा बढीले मूल्य घटेको छ । राष्ट्रिय बीमा कम्पनी संस्थापक र एभरेष्ट इन्स्योरेन्स संस्थापक, जोशी, एचआईडिसीएल, श्री इन्भेष्ट फाइनान्स, लक्ष्मी उन्नति कोष, र सेन्ट्रल फाइनान्सको मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आजको बजारमा हिमालयन डिष्टिलरी २९.२५ करोड, युनाइटेड मोदी हाइड्रोपावर २४.९१ करोड, हिमालयन जनरल इन्स्योरेन्स २४.५७ करोड, र रिडी हाइड्रोपावरको २२.३७ करोडको शेयर खरीद बिक्री भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ श्रावण २०७८, बिहिबार  १५ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।