एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी योजनाहरु एनआईबिएल समृद्धि फण्ड –१ र एनआईबिएल प्रगति फण्डले आव २०७७/७८ बाट इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।
एनआईबिएल समृद्धि फण्ड –१ को बिहीबार सम्पन्न भएको सञ्चालक समितिको ८९ औँ बैठकले इकाईधीहरुलाई करसहित ३५ प्रतिशतले हुन आउने ३५ करोड रुपैयाँ प्रतिफल दिने निर्णय गरेको हो ।
एनआईबिएल प्रगति फण्डले करसहित ५० प्रतिशत र एनआईबिएल समृद्धि फण्ड –१ ले इकाईधनीहरुलाई कर सहित ३५ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् ।
एनआईबिएल समृद्धि फण्ड–१ र एनआईबिएल प्रगती फण्डले आर्थिक वर्ष २०७७/०७८ बाट आर्जित नाफाबाट लाभांश वितरणका लागि घोषणा गरेका छन् ।
एनआईबिएल प्रगति फण्डको पनि बिहीबार सम्पन्न सञ्चालक समितिको निर्णयले इकाईधनीहरुलाई करसहित ५० प्रतिशतले हुन आउने ३७ करोड ५० लाख रुपैयाँ प्रतिफल दिने निर्णय गरेको छ ।
यस्तै एनआईबिएल समृद्धि फण्ड –१ ले आर्थिक वर्ष २०७६/७७ मा १२ प्रतिशत लाभांश वितरण गरेको थियो भने प्रगति फण्डले गत आवबाट पहिलो पटक लाभांश वितरण गरेको हो ।
लाभांश प्रयोजनाका लागि दुबै फण्डले इकाईधनी दर्ता किता बन्द हुने मिति तोक्न बाँकी छ । बुकक्लोज सम्बन्धी निर्णयको सूचना पछि प्रकाशित गर्ने क्यापिटलले जनाएको छ ।
एनआईबिएल समृद्धि फण्ड –१ र एनआईबिएल प्रगती फण्ड एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा नेपाल इन्भेष्टमेन्ट बैंकको प्रर्वद्धनमा सञ्चालित बन्दमुखी प्रकृतिका सामुहिक लगानी कोष योजना हुन् ।
एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा नै सञ्चालित पहिलो खुलामुखी योजना एनआईबिएल सहभागि फण्डले पनि इकाईधनीलाई प्रतिफल वितरण छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया