समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) को खुद नाफा अघिल्लो आवको तुलनामा दोब्बर भएको छ ।
अघिल्लो आवमा ५ करोड १३ लाख नाफा कमाएको कम्पनीले गत आवमा १० करोड ८३ लाख रुपैयाँ नाफा कमाएको हो । जुन ११११ प्रतिशत ग्रोथ हो ।
नाफा बढेसँगे लघुवित्तको प्रतिशेयर आम्दानी ३७.९४ रुपैयाँ पुगेको छ । अघिल्लो आवमा २६.८६ रहेकोमा ११.०८ रुपैयाँले बढेको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको चुक्ता पूँजी अघिल्लो आवको तुलनामा ४९.४५ प्रतिशत, खुद ब्याज आम्दानी ६५.९४ प्रतिशत, निक्षेप ५४.५४ प्रतिशत, सापटी ६०.६४ प्रतिशत, कर्जा लगानी ५७.९८ प्रतिशतले बढेको छ ।
लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ९३ करोड७० निक्षेप संकलन तथा १ अर्ब ४० करोड रुपैयाँ सापटी गरी २ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
२०७८ असारसम्म कम्पनीले २० करोड ४९ लाख खुद ब्याज आम्दानी र १७ करोड २० लाख सञ्चालन नाफा कमाएको छ ।
समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष ४३.११ प्रतिशत बढेर १७ करोड ५४ लाख पुगेको छ । लघुवित्तको खराब कर्जा अनुपात २.८३ प्रतिशत, प्रतिशेयर नेटवर्थ १६१.४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४३.४२ गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया