युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) गोेलाप्रथाबाट शेयर प्राप्त गरेका लगानीकर्ताको हितग्राही खाता (डिम्याट) मा जम्मा भएको छ ।
कम्पनीको शेयर पाएका ५ लाख ८० हजार ५०० जना लगानीकर्ताको डिम्याटमा शुक्रबार युनियन लाइफको आईपीओ जम्मा भएको हो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकरणपछि कम्पनीको शेयर नेप्सेमा सूचीकृत हुन बाँकी रहेको छ । अब नेप्सेमा सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कम्पनीको शेयर धितोपत्रको दोश्रो बजारमा कारोबारका लागि योग्य हुनेछ ।
धितोपत्रको दोश्रो बजारमा कारोबारका लागि कम्पनीको शेयरलाई युएलआई कारोबार संकेत (सिम्बोल) दिइएको छ । कम्पनीको शेयर नेप्सेमा यहि कारोबार संकेतमा खरीद बिक्री हुनेछ ।

आगामी साताभित्रै उक्त आईपीओ नेप्सेमा सूचीकरण गरिने कम्पनीले जनाएको छ । सम्भवत कम्पनीको शेयर कारोबार सोमबार वा मंगलबारभित्र कारोबारमा आउने भएको छ ।
कम्पनीले असार २४ देखि २८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गरेको थियो । असार ३१ ग्ते उक्त आईपीओ बाँडफाँड भएको थियो ।
कुल निष्काशनमा आएको ६४ लाख ५० हजार कित्तामध्ये सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई ५।५ प्रतिशतका दरले हुन आउने ३ लाख २२ हजार ५०० कित्ताका दरले ६ लाख ४५ हजार छुट्याइएर ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिएको थियो ।
कतिमा खुल्छ पहिलो कारोबार ?
नेप्सेले कुनैपनि कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर नेटवर्थदेखि अधिकतम नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ ।
यसअनुसार कम्पनीको परिस्कृत वित्तीय विवरणमा ( आर्थिक वर्ष २०७५/७६ मा) कायम भएको प्रतिशेयर न्युनतम ११५.१५ रुपैयाँ देखि अधिकतम ३४५.३९ रुपैयाँसम्म पहलिो कारोबारका लागि ओपनिङ रेञ्ज पाउनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया