सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु मरासिनीलाई ल्याएको छ ।
अर्थ सचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै महालेखा नियन्त्रकको कार्यालयमा रहेका मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको हो ।
सरकार परिवर्तनसँगै अर्थ सचिवको दौडमा प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी र मरासिनी रहेका थिए ।
उनी विगत २५ वर्षदेखि अर्थमन्त्रालय अन्तर्गत सेवारत थिए । मारासिनीले यसअधि अर्थ मन्त्रालयको बजेट महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा नेतृत्व गरिसकेका छन् ।
हुलाक सेवाबाट निजामती सेवामा प्रवेश गरेका मरासिनी केही समयभित्रै राजस्व सेवामा प्रवेश गरेका थिए ।
मरासिनीले अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय विकास अर्थशास्त्रमा स्नातकोत्तर र जनप्रशासनमा स्नातकोत्तर गरेका छन् । उनले कानुनमा स्नातक र अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट एक्जुकेटिभ एजुकेशन गरेका छन्।
त्यस्तै सरकारले स्वास्थ्य सचिव लक्ष्मण अर्यालको पनि सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा लगेको छ । साउन १२ गतेको मन्त्रिपरिषद् बैठकले ३ सचिवहरुको सरुवा गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया