
साधना लघुवित्त (SDLBSL) ले आफ्नो प्रतिशेयर आम्दानी एक वर्षमा नै करिब तीन गुणा बनाएको छ । अघिल्लो आवको चौथो त्रैमासमा १५.३८ रुपैयाँ रहेको लघुवित्तको नाफामा आकर्षक बढोत्तरीले ३०.१९ रुपैयाँले बढेर ४५.५७ रुपैयाँ पुगेको छ ।
आर्थिक समृद्धि लघुवित्तसँग मर्जर गरेको यस कम्पनीको यस अवधिमा लघुवित्तको नाफा ३ करोड ९५ लाखबाट १९६ प्रतिशतले बढेर ११ करोड ७० लाख ९५ हजार रुपैयाँ पुगेको छ । नाफा बढेसँगै लघुवित्तको इपिएसमा उच्च सुधार आएको हो ।
नाफामा मात्र होइन कम्पनीले अन्य सूचकहरुमा समेत आकर्षक बढोत्तरी गरेको छ । समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष ५९४.३७ प्रतिशतले बढेर १३ करोड ४३ लाख ६८ हजार पुगेको छ ।
लघुवित्तको खुद ब्याज आम्दानी ७२.९१ प्रतिशत र सञ्चालन नाफा ३३९.३६ प्रतिशतले बढेको छ । असार मसान्तसम्ममा कम्पनीले २४ करोड २६ लाख ६८ हजार खुद ब्याज आम्दानी र १५ करोड २० लाख ७१ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तको निक्षेप ८३.४२ प्रतिशत, सापटी १२४.५४ प्रतिशत र कर्जा ९१.११ प्रतिशतले बढेको हो । असार मसान्तसम्ममा लघुवित्तले ८३ करोड ५२ लाख रुपैयाँ निक्षेपा संकलन तथा २ अर्ब ७५ करोड ७० लाख रुपैयाँ सापटी लिएर ३ अर्ब २६ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
लघुवित्तको खराब कर्जा अनुपात २.०२ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२.२८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.९१ गुणा रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया