
मनकामना स्मार्ट लघुवित्तको सोमबारदेखि धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार खुल्ने भएको छ ।
आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)शेयर सूचीकृत भएसँगै सोमबारदेखि कारोबारमा आउने भएको हो । आइतबार कम्पनीको १२ लाख ११ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो ।
कम्पनीले दोश्रो बजारमा कारोबारका लागि एमकेएलबि कारोबार संकेत (सिम्बोल) पाएको छ । सोमबारबाट यहि कारोबार संकेतमा लघुवित्तको कारोबार खुल्नेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम ११०.८४ रुपैयाँदेखि अधिकतम ३३२.५२ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
संस्थाले असार १७ गते देखि असार २१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । उक्त शेयर असार २८, सोमबार बाँडफाँड भएको थियो ।
कम्पनीको आईपीओ ३६ हजार ३४९ जनाले १० कित्ता शेयर हात पारेका थिए । जसमध्ये १० कित्ता भन्दा धेरै आवेदन दिने भाग्यमानी २ जनाले थप ११ कित्ता पाएका थिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया