काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीमार्फत कर बुझाउन सक्ने व्यवस्था गरेको छ ।

अनलाइन प्रणालीमार्फत कर बुझाउदा करदाताले सर्वप्रथम आफ्नो वडा कार्यालयमा गई राजस्व सफ्टवेयरमा सम्पत्ति÷व्यवसायको विवरण प्रविष्टी गराई वडा कार्यालयबाट करदाता संकेत नम्बर लिनु पर्ने महानगरले जानकारी दिएको छ।
यदि करदाताले गत वर्ष सफ्टवेयरबाट कर बुझाइसकेको भए रसिदबाट समेत करदाता संकेत नम्बर र आन्तरिक संकेत नम्बर लिन सक्ने महानगरले जनाएको छ ।
करदाताले अनलाइन प्रणालीमार्फत कर दाखिला गर्दा अनलाइन पोर्टल https://eservice.kathmandu.gov.np मा जानु पर्ने हुन्छ । त्यस पछि नयाँ प्रयोगकर्ता ?“यहाँ दर्ता गर्नुहोस्” मा क्लिक गर्नु पर्ने हुन्छ ।
करदाता पोर्टलको फारम भर्नु पर्ने छ । त्यसपछि करदताहरुको आफ्नो इमेल वा मोबाइल नम्बरमा ओटिपी कोड करदाता पोर्टलमा भर्नु पर्ने हुन्छ । त्यस पछि आफ्नो सुरक्षित पासवर्ड राखी“दर्ता गर्नुहोस्” मा क्लिक गर्नु पर्छ ।
करदाताले अर्को चरणमा पुनः करदताको फोन वा इमेलमा प्राप्त भएको ओटिपी कोड प्रविष्टी गरी “पेस गर्नुहोस्” मा क्लि गरी लग इन गर्नका लागि युजर नेम को ठाउँमा नयाँ आन्तरिक संकेत राखेर पासवर्ड राख्नु पर्ने हुन्छ ।
लग इन गरे पछि “करदाता” मा क्लिक गरे पछि भुक्तानीमा क्लिक गर्नु पर्ने महानगगरले बताएको छ । कर तिर्नका लागि करदाताले चाहे अनुसारको सेवा प्रदायक( जस्तै इसेवा, कनेक्ट आइपीएस, फेन पे, खल्ती) छनौट गरिसके पश्चात सेवा प्रदायकको खाता लग इन गरेर पेमेन्ट कन्र्फम गर्न सक्नेछन् ।
उल्लेखित प्रणाली सञ्चालन गर्दा कुनै समस्या भएमा [email protected] मा मेल गर्न सक्ने समेत महानगरले जानकारी दिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया