मानुषी लघुवित्तको आईपीओ २४ लाखले भरे, ८३ गुणा बढी शेयर माग

0
Shares

मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) मा आइतबारसम्म २४ लाखले आवेदन दिएका छन्।

लघुवित्तको बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट बैंकिङ्ले दिएको जानकारी अनुसार आइतबारसम्ममा कम्पनीको आईपीओमा २४ लाख ३ हजार ५५ जनाले आवेदन गरेका छन् ।

उल्लेखित आवेदनबाट ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार रुपैयाँ बराबरको ३ करोड ६ लाख ३२ हजार ४३० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो । यो माग लघुवित्त कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको शेयरको तुलनामा ८३.११ गुणा धेरै हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम लघुवित्तको आईपीओ ३६ हजार ८५६ जनाले १० कित्ताका दरले र ३ जनाले थप १ कित्ता सहित ११ कित्ताका दरले कुल ३६ हजार ८५९ जनाले मात्र पाउनेछन् । प्रारम्भिक आवेदनका आधारमा २३ लाख ६६ हजार १९६ जना आवेदकको हात खाली हुनेछ, जुन कुल आवेदकको ९८.४६ प्रतिशत हो ।  कुल आवेदकको १.५४ प्रतिशतले मात्र लघुवित्तको १० कित्ता शेयर गोलाप्रथाबाट हात पार्नेछन् । जसका लागि भाग्य निकै बलियो भएको हुनुपर्नेछ ।

लघुवित्तले साउन २७ गते बुधबारदेखि जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

लघुवित्तको अधिकृत पूँजी एक २० करोड रुपैयाँ, जारी पूँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ। सर्वसाधारणलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ३१ श्रावण २०७८, आइतबार  २० : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।