प्रभु इन्स्योरेन्सको नाफा २६ करोड, खुद बीमाशुल्क ७.०४% ले बढ्यो

0
Shares

प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २६ करोड ६६ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा खुद नाफा ०.६० प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको यसै अवधिमा २६ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले ४९ करोड ३२ लाख ४५ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन रकम ७.०४ प्रतिशतले बढेको हो । अघिल्लो आवको यसै अवधिमा कम्पनीले ४६ करोड ७ लाख ९४ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

एक अर्ब १६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रति शेयर आम्दानी २३ रुपैयाँ छ । जगेडा कोषमा २४ करोड १० लाख रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ छ ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन आयबाट २० करोड ४४ लाख र लगानी, कर्जा तथा अन्य आयबाट ३ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले यस अवधिमा १८ हजार २४३ वटा बीमा दाबी वापत कुल ४५ करोड १६ लाख १५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गर्दा २ हजार ३०९ वटा बीमा दाबी वापत १२ करोड १७ लाख ९ हजार रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।