राधी विद्युत् कम्पनी (RADHI) ले आफ्ना शेयरधनीलाई बोनस शेयर बापत लाग्ने कर तिर्न अनुरोध गरेको छ ।
कम्पनीले आव २०७६।७७ बाट वितरण गरेको ३६.५ प्रतिशत बोनस शेयरमा लाग्ने कर रकम बुकक्लोज मितिसम्म शेयरभनी रही बोनस पाउन योग्य लगानीकर्तालाई दाखिला गर्न कम्पनीले अनुरोध गरेको हो ।
कम्पनीले बोनस शेयरमात्र प्रस्ताव गरी साधारण सभाबाट पारित गरेपछि कर तिर्नुपर्ने दायित्व लगानीकर्ताको भागमा परेको हो ।
कम्पनीको गत असार २९ गते सम्पन्न सभाले चुक्ता पूँजीको ३६.५० प्रतिशत बोनस शेयर र बोनसपछि कायम हुने पूँजीको १४७.५२ प्रतिशत (९५ लाख ३५ हजार ७६० कित्ता) हकप्रद शेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।
कम्पनीले साधारण सभाबाट पारित गरेको ३६.५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा भदौ २ गते सूचीकृत भैसकेको छ ।
कम्पनीले बोनस शेयरमा लाग्ने कर शेयरधनी स्वयंले भुक्तानी गर्नुपर्ने भन्दै कर बापतको रकम बैक खातामा कनेक्ट आइपिएस वा बैंक अफ काठमाण्डूको कम्पनीको खाता नं ०१०००००६३५१७५२४ मा जम्मा गर्न अनुरोध गरेको छ ।
शेयरधनीले कर बापतको रकम जम्मा गरेपछि मात्र शेयरधनीको खातामा बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।
कर वापतको रकम जम्मा गर्दा शेयरधनीले अनिवार्य रुपमा डिम्याट खाता नम्बर खुलाउनु पर्ने कम्पनीले जनाएको छ । कनेक्ट आईपीएस लगायत अन्य विद्युतिय माध्यममार्फत कर बुझाउने शेयरधनीहरुले सोको भौचर कम्पनीको इमेलमा पठाउन अनुरोध गरेको छ ।
कम्पनीले वार्षिक साधारण सभाका लागि असार १५ गते मंगलबारदेखि बुकक्लोज गरेको थियो । यसनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीले मात्र बोनस पाउनेछन् ।
राधी विद्युतको बोनस र हकप्रद प्रस्ताव पारित
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया