
हिमालयन क्यापिटल लिमिटेडको यहि भदौ २५ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ ।
साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले आफ्नै रजिष्टर्ड कार्यालय, ठमेल, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट सभा सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ ।
सभाको प्रस्तावमा भविश्यमा अन्य कुनै मर्चेण्ट बैंकिङ संस्थासँग गाभ्ने।गाभिने सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।
क्यापिटलको माउ कम्पनी हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक हाल मर्जरको क्रममा रहेका कारणले हिमालयन क्यापिटलले पनि मर्जरको प्रस्ताव साधारण सभाबाट अनुमोदन गराउन लागेको हो । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनीको रुपमा एनआईबिएल एस क्यापिटल सञ्चालनमा रहेको छ ।
यसका अलवा कम्पनीको स्वतन्त्र तथा महिला सञ्चालकको पुनः नियुक्ति गर्ने, मर्चेण्ट बैंकिङ एशोसिएशन मार्फत कोभिड १९ रोकथामको सहयोगार्थ गरिएको अनुदान खर्च अनुमोदन गर्ने रहेको छ ।
साथै, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया