मानुषी लघुवित्तको आईपीओ बाँडफाँड भोलि, ६६ जनामा १ जनाले मात्रै शेयर पाउने

0
Shares

मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणमा निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) सोमबार बिहान बाँडफाँड हुने भएको छ ।

लघुवित्तको शेयर बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टले दिउको जानकारी अनुसार एसबिआई क्यापिटलको केन्द्रीय कार्यालयमा सोमबार बिहान ८ः३० बजे शेयर बाँडफाँड गरिन लागिएको हो ।

कम्पनीले आईपीओ बाँडफाँडका लागि भदौ ३ गते बिहीबार प्रि-अलटमेन्ट गरेर बाँडफाँडका लागि नियामक निकाय धितोत्रपत्र बोर्डसँग अनुमति मागेको थियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गरिने बाँडफाँडमा ३६ हजार ८५९ जनाले मात्र शेयर पाउनेछन् । जुन शेयर पाउने संख्या ६६ जनामा १ जना मात्र हुन आउँछ ।

आईपीओमा कुल २४ लाख ३ हजार ५५ वटा आवेदन परेको छ । यसअनुसार कुल आवेदकमध्ये २३ लाख ६६ हजार १९६ जना (९८.४७ प्रतिशत) को हात भने खाली हुनेछ । बाँकी १.५३ प्रतिशतले मात्र गोलाप्रथाबाट शेयर पाउनेछन् । बाँडफाँडमा ३६ हजार ८५९ जनालाई गोलाप्रथाबाट १० कित्ता शेयर वितरण हुनेछ । यसरी बाँडफाँड गरी बाँकी रहेको ३ कित्ता शेयर गोलाप्रथाबाट शेयर पाउनेमध्ये फेरि गोलाप्रथा गरी ३ जनालाई १/१ कित्ताका दरले वितरण हुनेछ । जहाँ ३६ हजार ८५६ जनाले १० कित्ताका दरले र ३ जनाले ११ कित्ताका दरले शेयर पाउनेछन् ।

लघुवित्तले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४५० कित्ता माग परेको छ । जुन सर्वसाधारणमा माग गरिएको तुलनामा ८३.१० गुणा बढी हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ६ भाद्र २०७८, आइतबार  १५ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।