मानुषी लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट

0
Shares


मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

सोमबार आईपीऋो बाँडफाँड गरेको कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग मार्फत नै आईपीओ निष्काशन गरेको थियो । आईपीओ बिक्रीपछि शेयर रजिष्ट्रारको जिम्मेवारी पनि सोही क्यापिटलले नै पाएको हो ।

लघुवित्तको सञ्चालक समितिको बैठकले यस संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेको हो ।

यससँगै अब मानुषी लघुवित्त शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड हात्तिसार मार्फत हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ८ भाद्र २०७८, मंगलबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।