एनआइसी एशिया सेलेक्ट फण्ड ३० को इकाई सूचीकृत, सोमबारबाट कारोबारमा आउने

0
Shares

एनआइसी एशिया सेलेक्ट फण्ड ३० को इकाई सोमबार (भोली) देखि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्ने भएको छ ।

फण्डलाई इकाई दोश्रो बजारमा कारोबार गर्न एनआइसीएसएफ (NICSF) कारोबार संकेत (सिम्बोल) प्रदान गरिएको छ ।

एनआइसी एशिया क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष अन्र्तगतको एनआइसी एशिया सेलेक्ट फण्ड ३० को प्रति इकाई मूल्य १० रुपैयाँ अंकित दरको १२ करोड ५० लाख इकाई सूचीकृत भएको हो ।

एनआईसी एशिया क्यापिटलले असार १० देखि असार १४ गते, सोमबारसम्म ‘एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड)’ नामक सामुहिक लगानी कोषको इकाई सर्वसाधारणमा बिक्री गरेको थियो ।

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईहरु निष्कासन गरेको थियो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएको थियो । फण्डको इकाई खरीका लागि उच्च (झण्डै २ गुणा बढी) माग आवेदन परेपछि फण्डको आकार बढाएर १ अर्ब २५ करोड रूपैयाँ पुर्याइएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ भाद्र २०७८, आइतबार  १४ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।