नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड (NSLB) को १ लाख ९१ हजार कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार सूचीकृत भएको छ ।
कम्पनी आव २०७६।७७ को नाफाबाट वितरण गरेको चूक्ता पूँजी २३ करोड ५३ लाख ८६ हजार १५० रुपैयाँको ८.१३ प्रतिशतले हुन आउने बोनस बापतको १ लाख ९१ हजार ५२० कित्ता शेयर सूचीकृत भएको हो ।
लघुवित्त संस्थाको २०७८ बैशाख ३ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट उक्त बोनस अनुमोदन भएको थियो ।
लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि कम्पनीले २०७७ चैत १९ गते बुकक्लोज गरेकाले सोभन्दा अघिल्लो कारोबार दिनसम्म शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र उक्त बोनस शेयर पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया