गोर्खाज फाइनान्सले असोज १८ गते डाक्यो स्थगित साधारण सभा

0
Shares

गोर्खाज फाइनान्स लिमिटेड (GUFL) ले असोज १८ गते पुनः स्थगित २६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले असोज १८ गते सोमबार बिहान ११ बजे होटल क्राउन इम्पेरियल सोल्टीमोडमा भौतिक तथा भर्चुअल उपस्थितिको माध्यमबाट सभा हुने जनाएको छ ।

कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

भदौ २४ गते आह्वान गरेको साधारण सभा उच्च अदालतको आदेशपछि स्थगित गरिएको थियो ।

सभाले आव २०७६।७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, सभाले लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियामावलीमा हेरफेरको लागि नियामक निकायबाट कुनै निर्देशन आएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहका तीन जना गरी छ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका बन्द बुकक्लोज असोज १० गतेदेखि १८ गतेसम्म तोकेको छ । यसअनुसार असोज ७ गते बिहीबा।सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

प्रकाशित मिति: २७ भाद्र २०७८, आइतबार  १४ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।