राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साढे २९ करोड रुपैयाँ बराबरको प्राथामिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै भदौ ८ गते निवेदन दिएको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जनाएको छ ।
कम्पनीले २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ निष्काशन गर्न अनुमति मागेको छ ।
उक्त शेयर कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो । आईपीओ निष्काशन गर्न कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया