बीमाको शेयरमा लगानीकर्ताको आकर्षण बढ्यो

0
Shares

साताको दोस्रो कारोबार दिन बीमा समूहका शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । निर्जीवन बीमा कम्पनीहरुको शेयर बढ्दो मूल्यमा पनि खरीद गर्न लगानीकर्ता इच्छुक हुँदा शेयरमूल्य बढ्ने कम्पनीहरुको सूचीमा पनि यीनै उपसमुहका कम्पनी रहेका छन् ।

सोमबार अजोड इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स शीर्ष शेयरमूल्य बढ्ने कम्पनीभित्र अटाएका छन् भने निर्जीवन बीमाको सूचक सर्वाधिक १.४८ प्रतिशतले बढेको छ ।

जीवन बीमा, बैंकिङ्ग, ब्यापार, विकास बैंक, फाइनान्स, होटल र फाइनान्स सहित ६ उपसमुहगत सूचक बढेका छन् भने ६ सूचक घटेको छ । जलविद्युतमा २.५४ प्रतिशतले गिरावट आएको बजारमा उत्पादनमुलक पनि १.३५ प्रतिशतले घटेको छ । लघुवित्त, अन्य, लगानी र म्युचुअल फण्ड पनि ऋणात्मक भएको छ ।

यसदिन नेप्से ०.२७ अंकले बढेर २९४७.६९ बिन्दुमा पुगेको छ । सोमबार ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १५५ रुपैयाँको कारोबार भएको छ । आज दिनभरमा २२६ कम्पनीहरुको १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर ९३ हजार २१४ वटा संख्यामा खरीद बिक्री भए ।
कारोबारमा आएका २२६ मध्ये ८९ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १२० कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै १७ कम्पनीहरुको शेयर मुल्य स्थीर रहेको छ ।

सोमबारको बजारमा तीन कम्पनीहरु अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्सको शेयर मुल्यमा सर्किट लागेर कारोबार भएको छ । युनाइटेड मोदी, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, सिटिजन्स म्युचुअल फण्ड २, एभरेष्ट इन्स्योरेन्स, श्री इन्भेष्ट फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र सानिमा जनरल इन्स्योरेन्सको मूल्य बढेको छ ।

उता अधिकांश जलविद्युत कम्पनीहरुको शेयर मूल्यमा सोमबार भारी गिरावट आएको छ । पाँचथर पावरको मूल्य सर्वाधिक ६.४७ प्रतिशत घट्दा रैराङ, ग्रीन लाइफ, युनिभर्सल, माउन्टेन हाइड्रो नेपाल, युनाइटेड मोदी, रिडी, राधी र अरुण भ्याली हाइड्रोपावरको मूल्य पनि घटेको छ । एभरेष्ट इन्स्योरेन्स संस्थापकको मूल्य ६ प्रतिशत घटेर ४५१ रुपैयाँमा झरेको छ ।

अरुण भ्यालीको शेयर कारोबार सबैभन्दा धेरै ६१.९३ करोडको शेयर खरिद विक्री भएको छ । युनाइटेड मोदी ४७.५७, नेशनल हाइड्रो ३४ं३०, नबिल बैंक ३०.७३, र अपि पावरको २८.३६ करोडको शेयर खरीद बिक्री भएको छ । कारोबार रकमका आधारमा शीर्ष दश कम्पनीमा एनआईसी एशिया बैंक, रैराङ हाइड्रोपावर, अरुण काबेली, रिडी हाइड्रोपावर र हिमालयन डिष्टिलरी अटाएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २८ भाद्र २०७८, सोमबार  १५ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।