बिओके क्यापिटलले डाक्यो असोज २० गते साधारण सभा, १८% लाभांश प्रस्ताव

0
Shares

बिओके क्यापिटल मार्केट लिमिटेडले १८ प्रतिशत लाभांश प्रस्ताव सहित असोज २० गते छैठौ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

क्यापिटलको भदौ २४ गतेको सञ्चालक समितिको बैठकले क्यापिटलको कार्यालय, नक्साल, काठमाडौंमा दिउँसो ३ बजे सभा बोलाएको छ ।

सभाले गत आर्थिक वर्ष ०७७।७८ को नाफाबाट चुक्ता पूँजी २१ करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने कर समेत ३ करोड ७८ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा छ ।

यस्तै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने, चालू आर्थिक वर्ष ०७८र७९ को लागि लेखापरीक्षक नियुक्तिसँगै निजको पारिश्रमिक निर्धारण गनेछ ।

यस्तै सभामा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तनको विषयलाई पनि अनुमोदन गर्ने एजेण्डा राखिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २९ भाद्र २०७८, मंगलबार  १२ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।