नेप्से साढे १८ अंकले घट्दा कारोबारमा ४४ प्रतिशतको गिरावट

0
Shares

शेयर बजार कारोबार सूचक मापक नेप्से मंगलबार १८.५४ अंक घटेर २९२९.२९ अंकमा झरेको छ । यसदिन नेप्सेमा २९ को संयोग देखिएको छ । भदौ २९ गते नेप्से सूचक पनि २९२९.२९ बिन्दुमा अडिएको हो ।

कारोबारमा आएका सबै १३ वटै उपसमूहगत सूचक घटेसँगै नेप्सेमा कराोबार रकम पनि ४४.१३ प्रतिशत अर्थात ४ अर्ब १० करोडले घटेको छ । अघिले दिन सोमबार ९ अर्ब २९ करोडको कारोबार भएकोमा मंगलबार ५ अर्ब १९ करोडमा सीमित भएको हो ।

यसदिन २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता शेयर ५९ हजार ८५४ पटक खरिदबिक्री हुँदा कारोबार ५ अर्ब १९ करोड ५२ लाख रुपैयाँमा समेटिएको छ ।

आजको बजारमा निर्जीवन बीमाको सूचक सर्वाधिक २.०४ प्रतिशत घट्दा विकास बैंक उपसमूहको परिसूचक १.१९ प्रतिशतले घटेको छ । बाँकी उपसमुहगत सूचक पनि १ प्रतिशतभन्दा कमले घटेका छन् ।

मंगलबार मनकामना स्मार्ट लघुवित्त र सानिमा जनरल इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । रैराङ हाइड्रोपावरको ५ प्रतिशत, एनआईबिएल समृद्धि फण्ड १, कालिका लघुवित्त र सिंगटी हाइड्रोपावरको शेयरको पनि ३ प्रतिशत बढीले मूल्य घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-09-14 15:00:00
MKLB 755.90 68.70 10.00
SLI 728.00 66.10 9.99
RRHP 688.00 33.00 5.04
NIBSF1 12.94 0.49 3.94
KMCDB 1,345.00 45.00 3.46
SHEL 548.00 18.00 3.40
MERO 1,550.00 44.80 2.98
GFCL 891.40 21.40 2.46
NMFBS 3,045.00 54.90 1.84
LLBS 2,089.00 31.00 1.51

उता मंगलबारको बजारबाट राष्ट्रिय बीमा कम्पनीको शेयरका लगानीकर्ताले सर्वाधिक १ हजार १४५ रुपैयाँले गुमाएका छन् । कम्पनीको शेयरको भाउ सर्वाधिक ५.५६ प्रतिशत घटेर १९ हजार ४५० रुपैयाँमा झरेको हो ।

यस्तै एशियन लाइफ इन्सयोरेन्स संस्थापक, सिटिजन्स म्युचुअल फण्ड २, एलआईसी नेपाल, राष्ट्रिय बीमा कम्पनीको संस्थापक, अजोड इन्स्योरेन्स, एभरेष्ट इन्सयोरेन्स संस्थापक र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको मूल्य ३ प्रतिशत धेरैले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-09-14 15:00:00
RBCL 19,450.00 -1,145.00 -5.56
ALICLP 670.00 -27.00 -3.87
CMF2 10.72 -0.42 -3.77
LICN 2,011.00 -76.00 -3.64
RBCLPO 15,045.00 -555.00 -3.56
AIL 829.00 -30.10 -3.50
EICPO 436.00 -15.00 -3.33
NRN 816.00 -27.00 -3.20
AKJCL 405.00 -12.00 -2.88
NGPL 826.00 -24.00 -2.82

कारोबार रकमका आधारमा २७.०३ करोड टर्नओभर सहित अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । त्यसैगरी, यस दिन रैराङ्ग हाइड्रोपावर २२.७३ करोड, युनाइटेड मोदीको २२.३४ करोड र एनआईसी एशिया बैंकको १५.७३ करोडकोभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

नेशनल हाइड्रोपावर, अपि पावर, रिडी हाइड्रोपावरको ११ करोड बढी तथा सिटिजन्स बैंक, आईसीएफसी फाइनान्स र हिमालयन डिष्टिलरीको दश करोडको कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-09-14 15:00:00
AHPC 270,370,524.10 695.00
RRHP 227,981,017.20 688.00
UMHL 223,432,638.20 596.10
NICA 157,326,567.20 919.10
NHPC 118,780,661.20 468.00
API 112,503,687.70 522.40
RHPC 111,553,589.00 931.00
CZBIL 107,316,035.60 410.00
ICFC 105,500,470.00 948.00
HDL 98,910,705.50 7,000.00

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २९ भाद्र २०७८, मंगलबार  १५ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।