
बैंकिङ्ग प्रणालीमा लगानीयोग्य तरलता रकम घट्नै जान थालेपछि निक्षेप बाहिरिने डरले बैंकहरुले ब्याजदर बढाउँदा त्यसको प्रत्यक्ष असर धितोपत्र बजारमा परेको छ ।
अधिकांश बैंकहरुले शुक्रबारदेखि लागू हुनेगरी बढेको नयाँ ब्याजदर प्रकाशनमा ल्याएसँगै साताको अन्तिम कारोबार दिन बिहीबार बजार सूचक ७६.६५ अंकले घटेको छ ।
बैंकहरुले प्रकाशित गरे निक्षेप र कर्जाको नयाँ ब्याजदर, कुन बैंकको कति ?
पछिल्लो समय सीमित स्वार्थ समुहको झुण्ड लगानीकर्ताको आन्दोलनले नव प्रवेशी तथा शेयर बजारको उतार चढाव नभोगको लगानीकर्ताको मनोविज्ञानमा असर पुग्दा बजारमा प्यानिक सेल बढेको छ । यसले बजारमा प्राथमिकबाट दोस्रो बजारमा छिरेका नयाँ लगानीकर्ता शेयर बजारबाट घाटा खाएर बाहिरिने अवस्थामा पुगेका छन् ।
बजारको स्वभाविक गतिविधिलाई स्वच्छ रुपमा छाड्नुभन्दा वेमौसमी आन्दोलन र क्लब हाउसका विभिन्न फोरमहरुबाट बजार नियन्त्रित र आफु अनुकुल चलाउन खोज्दा त्यसको असरले समग्र बजारका लगानीकर्तालाई असर पुगेको छ । यसले नयाँ लगानीकर्ता सम्पत्ति गुमाएर बजारबाट बार्हिगमन हुने खतरा बढेको एकाथरी लगानीकर्ताको विश्लेषण छ ।
पूँजीबजार सुधार सङ्घर्ष समिति नाम गरेको सो समुह सरकार समक्ष राखेको १८ बुँदे माग पूरा नभएको तथा झुलाउने काम मात्र भएको बताउँदै दोस्रो चरणको आमरण अनसन बस्ने कार्यक्रम सुरु गर्ने तयारी गरेको छ ।
बैंकिङ प्रणालीमा तरलताको हाहाकार, पछिल्लो ४ दिनमा मात्रै ५८ अर्बको एसएलएफ
बिहीबारको गिरावटसँगै सूचक २८१२.३८ बिन्दुमा झरेको छ भने कारोबार रकम ९ अर्ब ३ करोड ३९ लाख ६२३ रुपैयाँ पुगेको छ । यसदिन २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता शेयर १ लाख १३ हजार ८०७ वटा संख्यामा खरीद बिक्री भए ।
बजारमा देखिएको २.६५ प्रतिशतको उच्च गिरावटले बिक्री चाप बढ्दा बजार सूचक उच्च अंकले घटेको हो । कारोबारमा आएका सबै उपसमुहगत सूचक ऋणात्मक हुँदा जलविद्युत र फाइनान्स ४ प्रतिशत धेरैले घटेको छ । ब्यापार, होटल, विकास बैंक तीन प्रतिशत बढीले घट्दा बैंकिङ्ग, निर्जीवन बीमा, जीवन बीमा, उत्पादन र लगानीको सूचक पनि २ प्रतिशत धेरैले घटेको छ ।
यसदिन अरुण भ्यालीको सर्वाधिक ३८.६० करोडको शेयर कारोबार हुँदा रिडी २८.३८ करोड र अपि पावर २५.५८ करोड सहित कारोबार रकमका आधारमा दोस्रो र तेस्रो स्थानमा रहेका छन् । युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन डिष्टिलरी, नेपाल बैंक, आइसीएफसी फाइनान्स, नेशनल हाइड्रोपावर, अरुण कोबली पावर र ज्योति विकास बैंकको १५ देखि २३ करोडको बीचमा कारोबार भएको छ ।
मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता ८९९.९० रुपैयाँ पुगेको छ । नेपाल लाइफ संस्थापक र सिटिजन्स बैंकको संस्थापको पनि मूल्य २ प्रतिशतले बढेको छ ।
उता कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.१७ प्रतिशतले घटेर ९५५ रुपैयाँमा झरेको छ । श्री इन्भेष्ट फाइनान्स, आईसीएफसी फाइनान्सको ७ प्रतिशत धेरैले शेयरमूल्य घटेको छ । यस्तै लिवर्टी इनर्जी, चन्द्रागिरी हिल्स, गुडविल फाइनान्स, सिनर्जी पावर, युनियन हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, र बरुण हाइड्रोपावरको मूल्य पनि ६ प्रतिशत धेरैले घटेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया