सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि सहूलियल मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
.png)
कम्पनीले ३९ जिल्लामा रहेका ४३ स्थानमा आज (असोज १) देखि कात्तिक २५ गतेसम्म सहूलियल मूल्य पसल सञ्चालनमा ल्याएको हो । कम्पनीले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सहूलियल मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
सहूलियल मूल्य पसलमा अन्य पसलभन्दा प्रतिकिलो ५ रुपैयाँदेखि १० रुपैयाँसम्म कम मूल्य पर्ने गरी कम्पनीले मूल्य निर्धारण गरेको छ । देशभरका ३९ स्थानमा सञ्चालन हुने सहूलियल मूल्य पसलबाट बिक्री हुने चामल, दाल, चिउरा, फापर, आँटामा प्रतिकिलो ५ रुपैयाँ छुट गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार सबै किसिमका चामल, दाल, चिउरा र पिठोमा प्रतिकिलो ५ रुपैयाँ, भटमासको तेल प्रतिलिटर १० रुपैयाँ, तोरी र सनफ्लावर तेलमा प्रतिलिटर ५ रुपैयाँ छुट दिइने छ ।
सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
कम्पनीले काठमाडौँ उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने जनाएको छ ।
यस्तै, उपत्यका बाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने कम्पनीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।











प्रतिक्रिया