वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित तिनका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत
खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले ७ प्रतिशतको उच्चतम ब्याजदरसहितको यस खातामा प्रथम वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा पनि उपलब्ध गराउनेछ ।
विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन् । यसका साथै यस खाता मार्फत खोलिने मुद्दति निक्षेपमा ०.५ प्रतिशत थप ब्याज उपलब्ध गराइने बैंकले जनाएको छ ।
यो खाता अनलाइन माध्यमबाट पनि खोल्न सकिनेछ ।
काठमाण्डौको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवाले देशका विभिन्न भागमा १२९ वटा शाखा, एउटा विस्तारित शाखा र ७६ वटा एटीएममार्फत ग्राहकलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आएको छ ।
बैंकले सोसल मिडिया बैंकिङ, केएस आईमोबाइल जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकलाई सरल, सहज र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया