
बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार बुधबार सुन तोलाको ९०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ९० हजार १०० रुपैयाँ, तेजावी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार १६५ रुपैयाँ कायम गरिएको छ ।
मंगलबार छापावाला सुन तोलाको ८९ हजार २०० रुपैयाँ, तेजावी सुन ८८ हजार ७५० रुपैयाँ र चाँदी तोलाको १ हजार १४० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार पनि सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेर कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।





प्रतिक्रिया