
यो वर्षको बडा दशैंंका लागि सरकार तथा निजी क्षेत्रका व्यावसायीहरुले काठमाडौ उपत्यकामा ५० हजार बढी खसिबोका भित्र्याउने भएका छन् । पशु सेवा विभागका अनुसार उपत्यकामा दशैंका लागि फूलपातीसम्ममा कम्तिमा ५० हजार खसीबोका भित्रने जानकारी दिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३ हजार खसीबोका भित्र्याउने तयारी गरिरहँदा निजी क्षेत्रका व्यवसायीले पनि करिब ५० हजार खसीबोका भित्र्याउने तयारी रहेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याएको खासीवोका घटस्थापनाका दिनदेखि बिक्री वितरण हुने कम्पनीले जनाएको छ । कम्पनीले घटस्थापना सम्ममा मकवानपुर, दाङ र मुस्ताङका किसानहरुबाट ३ हजार खसीबोका तथा च्याङग्रा ल्याउने भएको हो ।
दशैंंका उपत्यकामा बिक्री वितरण गर्ने अनुमति पाएको सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले च्यांग्रा र खसी बोका खरिदको तयारी गरिरहेको जनाएको छ ।
कम्पनीले मकवानपुर, दाङका किसानहरुबाट २ हजार खसीबोका तथा मुस्ताङबाट १ हजार च्याङग्रा ल्याउने तयारी गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकास चन्दले जानकारी दिएका छन् ।
खसीबोका तथा च्याङ्ग्रा घटस्थापनासम्म काठमाण्डौ उपत्यका ल्याउने गरी तयारी थालिएको हो । दशैँका लागि खरिद गरिने उक्त खसीबोका तथा च्याङ्गका लागि ७ करोड बढी रकम छुट्याएको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।
कम्पनीले गत वर्ष पनि १ हजार ४०० च्यांग्रा र १ हजार ६०० वटा खसीबोका खरिद गरेको थियो । साथै खसीबोका तथा च्याङग्रा खरिदका लागि ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ छुट्याएको थियो ।
त्यसैगरी पछिल्लो समय व्यवसायीक रुपमा खसीबोका पालनको थालनीले उत्पादन बढ्दा नेपाल खसीको मासुमा पनि आत्मनिर्भर बन्दै गइरहेको पशु सेवा विभागले जनाएको छ ।
तीन वर्षअघिसम्म देशमा वार्षिक १० अर्ब रुपैयाँ बराबरको खसीबोका आयात हुँदै आइरहेको थियो । पछिल्लो दुई वर्षयता खसीको मासुमा आत्मानिर्भर बनेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम १४ केजी मासुको आवश्यकता रहेकोमा हाल प्रतिव्यक्ति १८.१० केजी उपलब्ध रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया