सुनको मूल्य बन्यो स्थीर, चाँदीको घट्यो

0
Shares

सुनको मूल्य आइतबार नेपाली बजारमा  स्थीर बनेको छ ।

शुक्रबार प्रतितोला ६०० रुपैयाँले घटेर कारोबार भएकोे सुन आइतबार भने स्थीर बनेको हो । यसैगरी आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार र तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० कायम गरिएको छ । यसैगरी चाँदी तोलाको १ हजार १५० रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार र तेजावी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँ र चाँदी तोलाको एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार बिहीबार पनि सुन तोलामा ५०० र चाँदी १० रुपैयाँ घटेर कारोबार भएको थियो । असोज ६ गते तोलाको ९० हजार १०० पुगेको सुन त्यससताको तीन कारोबार दिनमा १ हजार १०० रुपैयाँले घटिसकेको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० आश्विन २०७८, आइतबार  ११ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।