मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्राथमिक शेयर (आईपीओ) असोज ११ गते सोमबार बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्सालमा बिहान ९ बजे आईपीओ बाँडफाँड गरिन लागिएको क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले साउन ३२ गतेसम्म आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको आयोजनाबाट प्रभावितका लागि १८ लाख र जिल्लाबासिका लागि ४२ लाख गरी कुल ६० लाख कित्ता आईपीओ बिक्री गरेको थियो ।
सिन्धुपालचोकका भोटेकोशी गाँउपालिका वडा नं १ र ५, बाह्रबिसे नगरपालिका वडा नं ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ मा स्थायी बसोबास गर्ने आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि स्थानीयमा जारी ६० लाख कित्ताको ३० प्रतिशतले हुने १८ लाख कित्ता शेयर निष्काशन गरिएको थियो ।
यसैगरी सिन्धुपाल्चोक जिल्लाका अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुका लागि कुल निष्काशित ६० लाख कित्ता मध्ये ७० प्रतिशत अर्थात ४२ लाख कित्ता शेयर निष्काशन गरिएको थियो । सिन्धुपाल्चोकका लगानीकर्ताले उक्त शेयरमा न्यूनतम ५० कित्तादेखि बढीमा ४०० कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था थियो ।
आईपीओमा सिन्धुपाल्चोक जिल्लाबासीले ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोकमा रहेका शाखा कार्यालयहरुबाट आवेदन बुझिलिन व्यवस्था थियो ।
कम्पनीले गत बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता निष्काशन तथा बिक्री खुला गरेको थियो । कोराना संक्रमण बढेपछि विभिन्न जिल्लामा जस्तै सिन्धुपाल्चोकमा पनि निषेधाज्ञा जारी भएपछि स्थानीयलाई बिक्री भैरहेको शेयर बीचमा नै स्थगित गरिएको थियो । स्थगित आइपीओ बिक्री साउन ५ गते ३२ गतेसम्म बिक्री गरेको थियो ।
कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अंकित मूल्यको दरमा ६० लाख कित्ता शेयर आयोजना प्रभावितका लागि निष्काशन गरेको हो ।
कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो । स्थानीय र आयोजना प्रभावितलाई ६० लाख कित्ता शेयर बाँडफाँडपछि कम्पनीले सर्वसाधारणका लागि ९० लाख कित्ता शेयर निष्काशनमा ल्याउनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया