साहस उर्जाको आईपीओमा पर्यो साढे २४ लाख आवेदन

0
Shares

साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि सर्वसाधारणमा निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आइतबार साँझ ५ बजे सम्ममा २४ लाख ६२ हजार वटा आवेदन परेको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार २४ लाख ६२ हजार वटा आवेदबाट ३ करोड ४३ लाख कित्ताको लागि माग परेको छ । जुन सर्वसाधारणबाट माग भएको शेयरको ५.३३ गुणा बढी हो ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गरेको हो ।

निष्काशित शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० आश्विन २०७८, आइतबार  १८ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।