
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० रुपैयाँ तोकिएको छ ।
आइतबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँ र तेजाबी सुन ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार चाँदीको मूल्य आइतबारका तुलनामा आज प्रतितोला १० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला एक हजार १५० मा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार १६० तोकिएको हो ।
अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५९ दशमलव १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया