शारिरिक रुपमा अशक्तहरुमाथि आर्थिक अधिकार विपरित बैंक वित्तीय संस्थाबाट विभेद

0
Shares

बैंक वित्तीय संस्थाहरुले शारिरिक रुपमा अशक्तहरुलाई विभेद गर्ने गरेको भन्दै सम्बद्ध संस्थाले यस्तो विभेद हट्नुपर्नेमा जोड दिएका छन् । नेत्रहीन महिला संघ नेपालले राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गरी राज्यद्धारा प्रदत्त आर्थिक अधिकार विपरित बैंक वित्तीय संस्थाले विभेद गर्ने गरेको बताएको हो ।

राज्यद्धारा प्रदत्त आर्थिक अधिकार, सेवा सुविधा र कार्यान्वयनको अवस्था हेर्ने हो भने अपाङ्गता नै भएका कारण विभेद गरिने गरेको कार्यक्रम अधिकृत गरिमा चौलागाई बताउँछिन् । उनी भन्छिन् ‘रोजगारदाताहरुको अपांगता भएका व्यक्तिहरु असक्षम हुन्छन्, अरु सरह
काम गर्न सक्दैनन् भन्ने गलत धारणा र कार्यस्थल अपांगता मैत्री नहुँदा, यस्ता महिलाहरु आर्थिक रुपमा सम्बद्ध हुन बाधा पुगेको छ । ’

संघले गरेको अन्तरकृया कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको हीत संरक्षणका कानुन बनेपनि अन्य क्षेत्रजस्तै बैंकबाट समेत अपहेलीत हुनुपरेको जानकारी दिइयो । कोरोना माहामारीका समयमा संघमा आबद्धहरुको पेसा व्यवसायमा पर्ने समस्या त छँदै छ, विभिन्न अध्यनका अनुसार यि महिलाहरुलाई बहुपक्षीय विभेद र बहिस्कारको मारमा पर्ने गरेको सो अवसरमा जानकारी दिइयो । यस्ता महिलाहरुलाई साथै शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक तथा पारिवारिक अधिकारबाट समेत बञ्चित गर्ने गरेको उनीहरु बताउँछन् ।

लमजुङकी यमुना पौडेल पनि भन्छिन् “ अपाङ्ग भएका कारणले नै बैकबाट एटिएम कार्ड दिँदैनन् । बैंकमा एक्लै गएर पैसा झिक्नै सकिँदैन् । बैंकमा कोही साथी लिएर गएपनि साथी होइन साक्षी बनाउनुपर्छ ।”

यमुना पौडेल एक प्रतिनिधि पात्र मात्रै हुन् । उनको जस्तै धेरै नेत्रहीनहरुको समस्या उस्तै छ । नेत्रहीन भएकै कारणले बैंकहरुले खाता खोलिदिन नै नमान्ने, खाता खुला भएकाहरुलाई पनि रकम जम्मा तथा निकाल्न झन्झटिलो बनाउने, मोबाइल बैंकिङ सेवा तथा एटिएम सेवा नदिने जस्ता गर्ने गरेका छन् । केही मिनेटभित्रै प्रदत्त हुने सेवाहरु पनि बैंकका कर्मचारीले नै भोलि भोलि भन्दै टार्ने गरेको उनीहरुले बताए ।

संघका अनुसार नेपालको जनगणना २०६८ अनुसार नेपालको कूल जनसंख्याको १.९४ प्रतिशत अपाङगता भएका व्यत्तिहरु छन् जसमा ४५ प्रतिशत महिला रहेका छन् । नेपालमा अपाङ्गताको परिचयपत्र लिनेको संख्या १ लाख २ हजार ९८६ महिला र १ लाख ४८ हजार ३५० पुरुष गरी कुल २ लाख ५१ हजार ३३६ रहेको छ । यी मध्ये प्रायःजसो सबै फरक क्षमता भएका व्यक्तिहरुले बैंकबाट नै विभेद खेप्ने गरेका संघले जनाएको छ ।

यसैगरी सार्वजनिक सेवा प्रवाह गर्ने कार्यलयहरु समेत अपाङ्ग मैत्री बन्न नसक्दा अपाङ्गहरुले थप समस्था भोगिरहेको संघले जनाएको छ । सडकका पेटीमा गित गाएर जीविकोपार्जन गर्दै आएका अपाङ्गहरुको गरीखाने बाटो पनि लकडाउने सुकाएपछि अहिले उनीहरुको दैनिकी थप कष्ठकर बनेको छ ।

देशभरी छरिएर रहेका विविध किसिमका अपाङगता भएका ३०० जना महिलाहरु बीच संघद्धारा गरिएको जिविकोपार्जन सम्बन्धी सर्वेक्षणमा ३६ प्रतिशत रोजगार, ६४ प्रतिशत बेरोजगार, २७ प्रतिशत तालिम प्राप्त, ७३ प्रतिशत तालिम नलिएका र ४५ प्रतिशत महिलाहरु तालिम लिए पनि बेरोजगार अवस्थामा रहेका छन् ।

तालिम नपाएकाहरु त छँदै छन् आर्थिक स्रोतको अभावमा तालिम पाएकाहरुले पनि स्वरोजगारमुलक व्यवसाय वा उद्यमशीलताका लागि अनुदान, बैंक तथा वित्तीय संस्थाबाट ऋण दिलाउने नीतीगत व्यवस्था सहज रुपमा कार्यन्वयन नहुँदा चाहेर पनि आर्थिक क्रियाकलापमा सहभागी हुन नसकेको संघले जनाएको छ ।

विगतका केही वर्ष यता अपाङ्गता भएका व्यक्तिको लागि नयाँ कानुन, नीति, नियमहरु बन्नु सकारात्मक भएपनि त्यसको ब्यवहारिक कार्यान्वयन पक्ष भने अझैपनि निकै फितलो छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सुरेस चन्द न्यौपाने, कार्यक्रम अधिकृत गरिमा चौलागाई र नेपाल राष्ट्र बैंकको नियमन विभागको तर्फबाट मिना ढकाल लगायतको सहभागीता थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ आश्विन २०७८, मंगलबार  १६ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।