बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ ११ लाख धेरैले भरे

0
Shares

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले सोमबारदेखि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) दुई दिनमा करिब ११ लाख वटा आवेदन परेको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार दोस्रो दिन मंगलबार साँझ ५ बजेसम्ममा १० लाख ९० हजार ३३३ आवेदनबाट १ करोड ४१ लाख ५० हजार ५५० कित्ता शेयर माग भएको छ । जुन सर्वसाधारणबाट माग भएको तुलनामा १९.०२ गुणाले ओभरसब्सक्राइब्ड हो ।

कम्पनीले असोज ११ गते सोमबारदेखि प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो। कुल निष्काशित शेयरमध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लगानी कोष र ६ प्रतिशतले हुने १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणबाट माग गरिएको छ ।

सर्वसाधारणले असोज १४ गते बिहीबारसम्म मेरो शेयर मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपि आईआर डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।

कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीले नुवाकोट जिल्लामा ५ मेगावाट क्षमताको तल्लो तादीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको प्रतिमेगावाट लागत २३।८० करोड रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ आश्विन २०७८, मंगलबार  १७ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।