साताको चौथो कारोबार दिन बुधबारआएर नेप्से साढे ५० अंकले बढेको छ ।
कुल ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँको शेयर कारोबार भएको बुधबारको बजारमा अपि पावरको सर्वाधिक कारोबार भएको छ ।
अपि पावरको २२ करोड ६७ लाख ५४ हजार ३७२ रुपैयााको कारोबार भएको हो । यो कुल कारोबारको ४.५१ प्रतिशत हो ।
यसैगरी बुधबार हिमालयन डिस्टीलरीको १८ करोड ५९ लाख १९ ह्ज्ँर, नेपाल बैंकको १६ अर्ब ५२ लाख ४२ ह्ज्ँर, यूनाइटेड मोदी हाईड्रोपावरको १६ करोड ५ लाख ५१ हजार र आइसीएफसी फाइनान्सको १५ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै बुधबार रिडी हाइड्रोपावरको १३ करोड ८२ लाख ७२ हजार, मेगा बैंकको १३ करोड ७६ हजार ७९ लाख, अरुण भ्याली हाइड्रोपावरको १३ करोड १७ लाख ४५ हजार, अरुण काबेलीको ११ करोड ७५ लाख ३ हजार र नेशनल हाइड्रोपावरको ११ करोड ५५ लाख ९४ हजारको कारोबार भएको हो ।
यसदिन नेप्से ५०.५८ अंकले बढेर २६६५.९३ बिन्दुमा पुगेर बन्द भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया