आन्तरिक राजस्व कार्यालय धरानबाट लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन

0
Shares

आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७/७८ मा कूल दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ ।

सो अवधिमा कार्यालयले कूल दुई अर्ब २८ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा ५८ करोड ६६ लाख राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिए ।

सङ्कलित राजस्वमा आयकर ९७ करोड २८ लाख, मूल्यअभिवृद्धि कर ९२ करोड ८८ लाख र अन्तःशुल्क रु ८९ करोड ६८ लाख रुपैयाँ छ । लगातार लक्ष्य हासिल गरिरहेको कार्यालयले आव २०७६/७७ मा कूल दुई अर्ब ३५ करोड राजस्व सङ्कलन गरेको थियो ।

कार्यालय आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत वर्ष ५२ करोड बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । यसैगरी चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कूल २६ करोड ६१ लाख र भदौमा १२ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरी लक्ष्यमा ११८ प्रतिशत प्रगति हासिल गरेको प्रमुख बरालको भनाइ छ ।

उनले चालु आवमा वार्षिक दुई अर्ब ४२ करोड ७० लाख राजस्व सङ्कलन गर्ने लक्ष्यमा असुली दर हेर्दा लक्ष्यमा पुग्न कुनै समस्या नहुने स्पष्ट पारे ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ आश्विन २०७८, बिहिबार  १३ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।