
नेपाली ई कमर्स कम्पनी ग्यापु डटकमले पनि चाडवाडलाई लक्षित गरी दशैंको बम्फर अफर सार्वजनिक गरेको छ । अन्य ई कमर्स कम्पनीहरु जस्तै ग्यापुले पनि आफ्ना ग्राहकहरुका लागि दशैं तिहार लक्षित अफर कार्यक्रम ल्याएको हो ।
कम्पनीले सार्वजनिक गरेको दशैं तथा तिहारलाई लक्षित धमाका अन्तर्गत कम्पनीले ग्यापु डटकमबाट सामान खरिद गर्दा विशेष छुट दिनुको साथै एक भाग्यशाली विजेतालाई लक्की ड्र मार्फत अप्रिला स्कुटर प्रदान गर्ने भएको छ ।
कम्पनीले बडा चाडवाड बडा धमाका अन्र्तगत ८० प्रतिशतसम्म छुट र थुप्रै अन्य उपहारहरु समेत दिने जनाएको छ । यो अफर असोज १५ गतेदेखि कात्तिक २४ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया