नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक बसन्तकुमार चौधरीको मुटुको सफल शल्यक्रिया भएको छ ।
परिवारसँग छुट्टी मनाउन दुबई पुगेको बखत चौधरीको स्वास्थ्यमा अचानक समस्या आई हृदयघातबाट पीडित भएका उनको मुटुको शल्यक्रिया सफल भएको हो ।
गत मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा उनको मुटुको शल्यक्रिया भएको हो ।
शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोग गरी संस्थापक चौधरीको ओपन हार्ट सर्जरी गरेको हो ।
सर्जरीपछि हाल उनी हाल पोस्ट अपरेटिङ केयरमा हुनुहुन्छ । अब २ दिन सो युनिटमा राखेर उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।
उनी केही दिनअघि परिवारसँग छुट्टी मनाउन दुबई गएका थिए । त्यहाँ गएको ३ दिनपछि अर्थात असोज ८ गते स्वास्थ्यमा अचानक समस्या आई अस्पताल भर्ना भएका थिए । सो क्रममा सामान्य खालको हृदयघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावअनुसार उहाँको मंगलबार शल्यक्रिया गरिएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया