
नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) को लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा साढे २ प्रतिशतले घटेको छ ।
अघिल्लो आव २०७७/७७ मा चुक्ता पूँजीको १३ प्रतिशत बोनस र ५.५० प्रतिशत नगद गरी १८.५० प्रतिशत लाभांश वितरण गरेको बैंकले गत आव २०७७/७८ बाट शेयरधनीलाई चुक्ता पूँजीको ११.२४ प्रतिशत बोनस र ४.७६ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।
बैंकको असोज १७ गते आइतबार बसेको सञ्चालक समितिको ५५४ औं बैठकले चुक्ता पूँजीको ११.२४ प्रतिशत बोनस (१ अर्ब ८२ करोड ७३ लाख २३ हजार ८३६ रुपैयाँ) र कर प्रयोजनका लागि ४.७६ प्रतिशत नगद ( ७७ करोड ३८ लाख ४८ हजार ८८४ रुपैयाँ) गरि कुल १६ प्रतिशत अर्थात २ अर्ब ६० करोड ११ लाख ७२ हजार ७२० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया