विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ पुगे ?

0
Shares

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयले प्रजिअ सहित १६ कर्मचारीको सरुवा गरिएको मन्त्रालयले आइतबार एक सूचना जारी गरी जनाएको छ ।

मन्त्रालयका अनुसार गृहका सहचिव कमलराज ढकाललाई भोजपुर र सहचिव जयनारायण आचार्यलाई कास्कीको प्रजिअमा सरुवा गरिएको छ भने कास्कीका प्रजिअ थानेश्वर गौतम र डडेलधुराका प्रजिअ हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

प्राप्त विवरणअनुसार काठमाडौँका प्रमुख अध्यागमन अधिकृत सुशील वैद्यलाई लमजुङको प्रजिअमा पठाइएको छ भने लमजुङका प्रजिअ होमप्रसाद लुईंटेललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

बाँकेका सहायक प्रजिअ शङ्करबाहादुर विष्टलाई डोटीको प्रजिअमा, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका उपसचिव डोरेन्द्र निरौलालाई जगन्नाथदेवलको जेलरमा, सुर्खेतका प्रजिअ रोमबहादुर महतलाई मुगु, गृहका उपसचिव रवीन्द्रप्रसाद आचार्यलाई मनाङ, इलाका प्रशासन कार्यालय टीकापुरका मोहनराज जोशीलाई डडेलधुरा र दाङका सहायक प्रजिअ चिरञ्जिीवी रानालाई म्याग्दीको प्रजिअमा सरुवा गरिएको छ ।

यस्तै गृहमन्त्रालय अन्तर्गत रहेका उपसचिव अनोजकुमार घिमिरेलाई तेह्रथुम, मनाङका प्रजिअ विष्णु लामिछानेलाई सप्तरीको प्रजिअमा सरुवा गरिएको छ भने रसुवाका प्रजिअ इश्वरीप्रसाद ढकाललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ आश्विन २०७८, सोमबार  १२ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।