बुलिस बजारमा २० अर्बभन्दा धेरै रकमको शेयर कारोबार भएकोमा पछिल्लो समय निरन्तरको बजार घटाइले कारोबार रकममा उल्लेखनीय गिरावट देखिएको छ ।
धितोपत्र बोर्डको ५१ कम्पनीको सूची तथा नेपाल राष्ट्र बैंकको मार्जिन कर्जामा गरिएको कडाईका कारण बुलिस प्रवृत्तिमा रहेको बजार क्रमश घट्न थालेको थियो । यसबीचमा ३ हजार १९८ बिन्दुसम्म पुगको नेप्से असोज १८ गते सोमबार आइपुग्दा ६२८ अंकले घटेर २५७० बिन्दुमा झरेको छ । यो बिन्दु नेप्सेको उच्च बिन्दुको तुलनामा १९.६४ प्रतिशत तल हो ।
सोमबार नेप्से ६.६८ बिन्दु तथा सेन्सेटिभ इन्डेक्स १.२८ बिन्दुले घटेको छ । बजार घटेसँगै कुल बजार पूँजीकरण ३५ खर्ब ९८ अर्ब ६८ करोडमा खुम्चिएको छ ।
बजारमा अघिल्लो दिन आइतबारको तुलनामा ४८ करोड ६१ लाख रुपैयाँले कारोबार रकम घटेको छ । सोमबार दिनभरमा २२७ कम्पनीको ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँका कारोबार छ । ७६ लाख ५३ हजार २२० कित्ता शेयर ४८ हजार २३६ वटा संख्यामा पटक खरीद बिक्री भएको हो ।
कारोबारमा आएका चार उपसमुहगत सूचक बढेका छन् भने ८ वटाको घटेको छ । लघुवित्त सूचक सर्वाधिक १.४७ प्रतिशतले बढ्दा अन्य १.२९ प्रतिशत तथा होटल र जीवन बीमाको सूचक सामान्य बढेको छ । फाइनान्स सर्वाधिक २.४७ प्रतिशतले घट्दा जलविद्युत २.४० र विकास बैंकको सूचक १.८७ प्रतिशतले घटेको हो ।

आकर्षक लाभांश प्रस्तावले सोमबार लघुवित्तको शेयर खरीद बिक्रीमा उच्च आकर्षण बढ्दा आशा लघुवित्तमा सर्किट लागेर बढ्दा सर्पोट माइक्रोफाइनान्स ९.९७, मिथिला ९.८३, महिला लघुवित्त ९.०८, सबैको लघुवित्त ६.४१, साधना लघुवित्त ६.३७, उन्नति सहकार्य ६.०८, स्वाभिमान लघुवित्त ४.८७ र सामुदायिक लघुवित्तको ४.१७ प्रतिशतले बढेको छ । यसदिन मैलुङ्गखोला जलविद्युत कम्पनीको मूल्य ९.९९ प्रतिशत अर्थात ३२.५० रुपैयाँ बढेर ३५७.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
उता सोमबारको बजारबाट मनकामना स्मार्ट लघुवित्तको सर्वाधिक ९.३८ प्रतिशतले घट्दा दिब्यश्वरी ७.१९, राधी ६.५७, माउन्टेन हाइड्रो नेपाल ६.२३ र ङादी ग्रुप पावरको ६.०८ प्रतिशतका दरले मूल्य घटेको छ ।
सानिमा माइ हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, बरुण हाइड्रोपावर, पन्चकन्या माइ हाइड्रोपावर र रैराङ हाइड्रोपावरको शेयरका लगानीकर्ताले पनि ५ प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।
आज युनाइटेड मोदी हाइड्रोपावरको १२.१२ करोडको शेयर खरीद बिक्री हुँदा नेपाल बैंक र हिमालयन डिष्टिलरीको पनि दश करोडभन्दा धेरै रकमको शेयर कारोबार भएको छ ।
नेशनल हाइड्रो, रैराङ हाइड्रोपावर, अरुण भ्याली, नबिल बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्सियल बैंक संस्थापक र अपि पावर शीर्ष दश ठूलो कारोबार गर्ने कम्पनीभित्र समेटिएका छन् । दशौं ठूलो कारोबार भएको अपिको ७.२० करोडको शेयर कारोबार भयो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।











प्रतिक्रिया