
शेयर बजार सूचक मापक नेप्से निरन्तर घटेको बेला नेपाल इन्भेष्टर्स फोरम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र शेयर लगानीकर्ता संघ नेपाल लगायतले पूँजीबजारको समस्या समाधान गर्न भन्दै विज्ञप्तीबाजी गरेपछि शेयर बजारमा उछाल छाएको छ ।
सोमबार नेपाल इन्भेष्टर्स फोरम, नेपाल उद्योग वाणिज्य महासंघ तथा मंगलबार नेपाल चेम्बर अफ कमर्स र शेयर लगानीकर्ता संघको विज्ञप्ती सार्वजनिक भएपछि लाभांश सिजनमा घटिरहेको बजार बाउन्स ब्याक भएको हो ।
पूँजी बजारका सम्बन्धमा बल्ल बोल्यो एफएनसीसीआई, लगानीकर्ता भन्छन् “एफएनसीसीसीआई पनि छ” ?
चेम्बरको १६ बुँदे सुझाव: शेयर कर्जाको सीमा खारेजीदेखि नयाँ स्टक एक्सचेञ्ज स्थापनासम्म
बजार बढ्न थालेपछि लगानीकर्ताको मनोबल बढ्दा नेप्सेमा उच्च अंकको सुधार आएको छ भने बजार थप बढ्ने आशामा लगानीकर्ताले शेयर बिक्री गर्न समेत छाडेका छन् । आपूर्ति कम हुँदा २० अर्बभन्दा धेरैको कारोबार हुने गरेको दैनिक कारोबार रकम खुम्चिएर ३ अर्बसम्म झरेको थियो । अब भने सूचक र कारोबार रकम दुबै बढ्न थालेको छ ।
सरकारको नीतिले ४४ लाख लगानीकर्ता मर्माहत : इन्भेष्टर्स फोरम
निजी क्षेत्रका दुई प्रतिनिधिमुलक संस्था तथा लगानीकर्ताका दुई संगठनको विज्ञप्ती सार्वजनिक भएपछि पछिल्लो दुई दिनमा मात्रै नेप्से ११० अंकले बढेको छ । मंगलबार ४१.८४ अंकले बढेको बजारमा बुधबार थप वृद्धि हुँदै ६८.४७ अंकको वृद्धि देखिएको छ । यसबीचमा भदौ २ गते ३१९८ बिन्दुमा रहेको नेप्से १९.६४ पतिशत अर्थात ६२८ अंकले घटेर २५७० बिन्दुमा झरेको थियो ।
अर्कोतिर मंगलबार सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानालाई बखास्त गर्ने निर्णय गरेको थियो । लगानीकर्ताको हीतमा काम गर्नुपर्ने व्यक्ति आफ्नो व्यक्तिगत स्वार्थमा काम गरेपछि उनी पदमुक्त भएका हुन् । पूँजीबजारको नियामक निकायको कुर्सीमा बसेर व्यक्तिगत लाभका लागि आफ्नो छोरी रेविका ढुङ्गानाको सर्वोत्तम सिमेन्टको शेयर खरीद गरेपछि सरकाले उनीमाथि निलम्बन गरेर अनुसन्धान प्रकृया अगाडि बढाएको थियो ।
धितोपत्र बोर्डका निलम्बित अध्यक्षलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदको निर्णय
सर्वोत्तम सिमेन्टको शेयर प्रकरण: धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त
पहिलो पटक बुक विल्डिङ प्रकृयाबाट शेयर जारी गर्न लागेको उक्त कम्पनीको १० हजार कित्ता शेयर ढुङ्गानाले प्रतिकित्ता २५० रुपैयाँका दरले किनेका थिए । जबकी सो कम्पनीले सर्वसाधाणमा उक्त शेयर प्रतिकित्ता ७५० रुपैयाँका दरमा सर्वसाधारणमा बिक्री गर्ने तयारीमा थियो । नियामकीय पदमा बसेर गलत अभ्यास गर्ने अध्यक्षको बर्खास्तीको निर्णयले समेत लगानीकर्तालाई थप उत्साहित बनाएको विश्लेषण गरिएको छ ।
बुधबार नेप्से ६८.१७ अंकले बढेर २६८१.१० बिन्दुमा पुगेको छ । अघिल्लो दिन मंगलबारको तुलनामा कारोबार रकम एक अर्ब ५० करोडले बढेर ४ अर्ब ५० करोड ६ लाख ५८ हजार १४२ रुपैयाँको शेयर कारोबार भएको छ । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स १२.७२ अंकले बढेर ५०४.७३ अंकमा उक्लिएको छ । यसदिन २२७ कम्पनीका ८१ लाख ८९ हजार ८९० कित्ता शेयर ५५ हजार ३८५ वटा संख्यामा खरीद बिक्री भएका छन् । यस्तै नेप्सेको वृद्धिसँगै बजार कुल बजार पूँजीकरण बढेर ३७ खर्ब ५३ अर्ब ८ करोड रुपेयाँ पुगेको छ ।

लघुवित्तमा आकर्षण
बुधबार लगानीकर्ताको आकर्षण लघुवित्तको शेयरमा देखिएको छ । गत आर्थिक वर्षको नाफाबाट एकपछि अर्को गर्दै लघुवित्त कम्पनीहरुले आकर्षक बोनस शेयर वितरण गर्न थालेपछि लघुवित्तको शेयरमूल्य उच्च बढेको हो ।
बुधबार लघुवित्तको सूचक ५.८० प्रतिशत अर्थात २९६.१५ अंकले बढेर ५३९७.९७ बिन्दुमा पुगेको छ । कारोबारमा आएका कम्पनीमध्ये अधिकांश लघुवित्तको शेयरमूल्य बढेको छ भने शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीमा सात लघुवित्त कम्पनी छन् । कारोबार रकमका आधारमा समेत धेरै कारोबार हुने दशमध्ये चार कम्पनी लघुवित्त छन् ।
सबै उपसमुहगत सूचकमा हरियाली
बुधबार कारोबारमा आएका सबै उपसमुहगत सूचकमा हरियाली छाएको छ । फाइनान्स सर्वाधिक ६.५९ प्रतिशतले बढ्दा लघुवित्तको सूचक पनि ५.८० प्रतिशतले बढेको छ ।
यस्तै विकास बैंक ४.८२ प्रतिशत, उत्पादन तथा प्रशोधन ३.८९, निर्जीवन बीमा ३.५१, जलविद्युत ३.४३, लगानी २.६२, ब्यापार २.११, अन्य १.८७, जीवन बीमा १.७६, म्यचुअल फण्ड १.७६, बैंकिङ्ग १.२५ र होटलको सूचक ०.९३ प्रतिशतले बढेको छ ।
सिटिजन्स बैंकको उच्च कारोबार
यसदिन सिटिजन्स बैंकको उच्च कारोबार भएको छ । बैंकको ५ लाख ७६ हजार ४२१ कित्ता शेयर २३ करोड ४ लाख ३७७ हजार रुपैयाँमा खरीद बिक्री भएको छ ।
यसैगरी एनआईसी एशिया लघुवित्त १८.८५ करोड, निर्धन उत्थान लघुवित्त १६.७८ करोड, हिमालयन डिष्टिलरी १४.७५ करोड, छिमेक लघुवित्त ११.१९ करोड, नेपाल बैंक १०.६३ करोड, नेशनल हाइड्रोपावर १०.६८ करोड, नबिल बैंक ८.२६ करोड, अपि पावर ७.८८ करोड र जीवन विकास लघुवित्तको ७.४५ करोड बराबरको शेयर खरीद बिक्री भएको छ ।
१९ कम्पनीको मूल्य ९ प्रतिशत धेरै बढ्यो
बुधबार कारोबारमा आएका २२७ कम्पनीमध्ये २०९ कम्पनीको मूल्य बढेको छ । कारोबारमा आएकामध्ये १९ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यसदिन सबैको लघुवित्त, ग्रामीण विकास लघुवित्त, किसान लघुवित्त, प्रोगेशिभ फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त, बेष्ट फाइनान्स, ग्लोबल आइएमई लघुवित्त, नयाँ सारथी नेपाल लघुवित्त गरी ९ कम्पनीके शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै मिथिला लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, सर्पोट माइक्रोफाइनान्स, मैलुङ्गखोला जलविद्युत कम्पनी, उन्नति सहकार्य लघुवित्त, महालक्ष्मी विकास बैंक, मिर्मिरे लघुवित्त, इन्फिनिटी लघुवित्त, सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र समता घरेलु लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यसदिन समीट लघुवित्त, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, गुडविल फाइनान्स, आरएसडिसी लघुवित्त, नेपाल हाइड्रो डेभलोपर, नेरुडे लघुवित्त, जानकी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, फरर्वाड कम्युनिटी लघुवित्तको मूल्य पनि ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।
तेह्र कम्पनीको मुल्य घट्यो
बुधबार कारोबारमा आएका कम्पनीमध्ये तेह्र कम्पनीको शेयरमूल्य घटेको छ । यसदिन रिडी हाइड्रोपावरको मूल्य २.१६ प्रतिशत र ङादी ग्रुप पावरको मूल्य १.४६ प्रतिशतले घटेको छ ।
सिनर्जी पावर, एनआईसी एशिया लघुवित्त, र सिभिल बैंकको मूल्य पनि घटेको छ । शेयरमूल्य घट्ने कम्पनीहरुमा डिबेञ्चर र सामुहिक लगानी कोषका इकाईहरु रहेका छन् । बुधबार पाँच कम्पनीको मूल्य स्थीर रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया