मध्य भोटेकोशीको आईपीओ सबै बिक्यो, पहिलो दिनमै साढे पाँच लाख धेरै आवेदन

0
Shares

मध्य भोटेकोशीको आईपीओमा पहिलो दिन बुधबार नै ५ लाख ५२ हजार १६७ वटा वटा आवेदन परेको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडका अनुसार बुधबार साँझ पाँच बजेसम्ममा उल्लेखित आवेदनबाट ८८ करोड ९१ लाख ९७ हजार मूल्यका ८८ लाख ९१ हजार ९७० कित्ता शेयर माग परेको हो ।

जुन सर्वसाधारणबाट माग भएकोभन्दा ७ लाख १ हजार ९७० कित्ता धेरै हो ।

कम्पनीले दोस्रो चरणमा असोज २० गतेदेखि सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल निष्काशित ९० लाख कित्ता आईपीओमध्ये ३ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख ५० हजार कित्तासामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर ८१ लाख ९० हजार कित्ता शेयरका लागि आजदेखि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

लगानीकर्ताहरुले यस सर्वाजनिक निष्काशन आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था रहेको छ । आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो शेयरको मोबाइल एप तथा वेवसाइटका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आईपीओ भर्न सकिनेछ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

मध्य भोटेकोशीको आईपीओ निष्कासनकर्तामा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। सहनिष्कासनकर्तामा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० आश्विन २०७८, बुधबार  १८ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।