
बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९० हजार ४०० रुपैयाँ, तेजावी सुनको मूल्य ८९ हजार ९५० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १७० रुपैयाँ कायम गरिएको छ ।
बुधबार छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ, तेजावी सुन ८९ हजार ४५० रुपैयाँ बर चाँदी तोलाको १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।











प्रतिक्रिया