
ड्रागन फ्रुट, किबी र नर्सरी बीमालेख ल्याइने भएको छ । बीमा समितिले समितिमा माग भई आए बमोजिमका बीमालेखहरू बनाउने कार्य शुरू भएको बताएको छ ।
समितिले माग भएका बीमालेखहरुमध्ये पनि ड्रागन फ्रुट, किबी र नर्सरी बीमालेख बनाउने कार्य शुरु गरेको हो ।
बीमा समितिले हाल प्रचलनमा रहेका कृषि तथा पशुपन्छी बीमालेखहरूलाई समय सापेक्ष रूपमा परिमार्जन गर्ने कार्यलाई अगाडि बढाएको समेत जानकारी दिएको छ ।
समितिले बीमालेख परिमार्जन गरी संशोधनका लागि समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग र पशु सेवा विभागका प्रतिनिधिहरूका साथै सम्बन्धित क्षेत्रका एकजना विज्ञ समेत रहने गरी एक उपसमिति गठन गरेको छ ।
उपसमितिको सदस्य–सचिवमा समितिका निर्देशक निदेशक रहेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया