
प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा सहभागि बनेका २५ सदस्यमध्ये ११ जना पहिलो पटक मन्त्री बनेका छन् । उनीहरुले पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने मौका पाउने भएका छन् ।
देउवा नेतृत्वको मन्त्रिमण्डलमा पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्नेमा काँग्रेसबाट उमा रेग्मी र गजेन्द्र हमाल छन् ।
यस्तै नेकपा एकीकृत समाजवादीका चार जना रहेका छन् जसमा विरोध खतिवडा, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ र भवानी खापुङ (राज्यमन्त्री) रहेका छन् ।
नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले लिए सपथ
त्यस्तै नेकपा माओवादी केन्द्रबाट पनि एक राज्यमन्त्रीसहित चार जना रहेका छन् । देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरजंग गहतराज र बोधमाया यादव (राज्यमन्त्री) पहिलो पटक मन्त्री बनेका हुन् ।
यस्तै जनता समाजवादी पाटीबाट रामसहाय यादव पहिलो पटक मन्त्री बनेर सिंहदरबार प्रवेश गर्ने भएका हुन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया