नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले लिए सपथ

0
Shares

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रमकाबीच शेरबहादुर देउवा मन्त्रिपरिषदमा नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शीतल निवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका हुन् ।

२५ सदस्यीय मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री तथा एक राज्यमन्त्री सहित १० जना, माओवादी केन्द्रबाट पाँचजना फुलमन्त्री र एक राज्यमन्त्री सहित ६, नेकपा एकीकृत समाजवादीबाट चारजना फुलमन्त्री र एक राज्यमन्त्री सहित ५, जनता समाजवादी पार्टी (जसपा) ४ जना नियुक्त भएका छन् । योसँग २५ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाएको छ । मन्त्रिपरिषमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबाट एक।एक जना गरी ३ जना राज्यमन्त्री बनेका छन् ।

देउवा सरकारमा कांग्रेसबाट गृहमन्त्री भएका बालकृष्ण खाँण दोस्रो र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की तेस्रो वरियतामा राखिएका छन् ।

देउवा सरकारमा प्रमुख साझेदार दल माओवादी केन्द्र पाँच मन्त्री र एक राज्यमन्त्री बनेका छन् । देउवा सरकारमा चौथो वरियतामा नेकपा माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा सहभागी पम्फा भुसाललाई राखिएको छ । जसमा उर्जामा पम्फा भुसाल, अर्थमा जनार्दन शर्मा, शिक्षामा देवेन्द्र पौडेल, भूमि सुधारमा शशी श्रेष्ठ, खेलकुदमा महेश्वरजंग गहतराज मन्त्री बनेका छन् । यस्तै शिक्षा राज्यमन्त्रीको जिम्मेवारी बोधमाया कुमारी यादवले पाएकी छिन् ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट र एकजना राज्यमन्त्री गरी पाँच जना बनेका छन् । एकीकृत समाजवादीबाट विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार (किसान) श्रेष्ठ र भवानी प्रसाद खापुङ राज्यमन्त्री बनेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा चार जना मन्त्री पठाएको छ । संघीय मामिला मन्त्री बनेका राजेन्द्र श्रेष्ठले जसपाबाट सरकारको नेतृत्व गरेका छन् । उनीसँगै जसपाबाट कृषिमा महिन्द्रराय यादव, भौतिकमा रेणु यादव, वनमन्त्रीमा रामसहायप्रसाद यादवले जिम्मेवारी पाएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ आश्विन २०७८, शुक्रबार  १८ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।