
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC) को २४ औ वार्षिक साधारण सभा सुरु भएको छ । सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट विचार राख्ने कार्यक्रम भैरहेको छ ।
सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । कम्पनी सञ्चालक समितिको भदौ ३१ गते सम्पन्न बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस र बोनसपछि ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको थियो ।
यस्तै सभाले बोनसपछि कायम चुक्ता पूँजीको १ बराबर ०.५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि अनुमोदन गर्ने एजेण्डा रहेको छ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ११ गते सोमबार बुकक्लोज गरेको थियो । यसअनुसार असोज १० गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया