नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले बडा दशैं २०७८ को उपलक्ष्यमा शेयर बजारमा प्रवेश गर्न चाहने नव लगानीकर्ताहरुलाई लक्षित गर्दै ‘नवरात्रीमा नबिलसँग नव लगानी’ योजना सार्वजनिक गरेको छ ।
नवरात्रीको पावन अवसरमा नवलगानीकर्ताहरुको लागि नबिल इन्भेस्ट्मेन्ट नवप्रवेशी लगानी व्यवस्थापन योजनामा ९ लाखको लगानीमा ९.०९ प्रतिशतको सुनिश्चित प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
योजना अन्तर्गत घटीमा ९ लाख रुपैयाँबाट नवप्रवेशी लगानी व्यवस्थापन सेवा प्राप्त गरेमा प्रथम ९ महिनाको लागि वार्षिक सेवा शुल्क वापतको रकम निःशुल्क
प्राप्त गर्नेछन् । साथै बाँकी अवधिका लागि वार्षिक सेवा शुल्क वापत मात्र ०.९० प्रतिशत मात्र शुल्न लाग्नेछ ।
योजनामा पहिलो ९ महिनाको लागि निःशुल्क रुपमा वार्षिक सदस्यता प्राप्त गर्नुका साथै कुनै योजनामा हर्डल रेट ९ प्रतिशतभन्दा तल भएमा पर्फर्मेन्स शुल्क पनि लाग्ने छैन।
यो योजनामा सहभागि भई सेवा प्राप्त गरेवापत लगानी रकमको ९ प्रतिशतसम्म फाईदा भएमा सो भन्दा माथिको नाफामा ९ प्रतिशतका दरले पर्फमेन्स शुल्क कम्पनीले लगाउनेछ । घटीमा ३ वर्षको लागि लकिंग हुने यस्तो रकम सेवा प्राप्त गर्दा गर्दै सेवाग्राहीलाई बिचैमा रकम झिक्नुपर्ने अवस्था आएमा ०.९ प्रतिशतले नै हुन आउने शु:ल्क भुक्तानी गरी बाहिरिसन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले आफ्नो फाईदा रकम जुनसुकै वेला बिना कुनै शुल्क झिक्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया