नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड (NLBBL) ले अघिल्लो आवको तुलनामा १४.१९ प्रतिशत धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्तको असोज २४ गते आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७।७८ बाट शेयरधनीलाई चुक्ता पूँजीको कुल २२.६१८ प्रतिशत (११ करोड १७ लाख ७ हजार ८१६ रुपैयाँ ८४ पैसा) लाभांश प्रस्ताव गरेको हो । जसमध्ये २१.४८७ प्रतिशत (१० करोड ६१ लाख २२ हजार ४२६ रुपैयाँ) बोनस शेयर र कर प्रयोजनका लागि १.१३० प्रतिशत (५५ लाख ८५ हजार ३९० रुपैयाँ ८४ पैसा) नगद लाभांश रहेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७६।७७ बाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
सञ्चालक समितिको बैठकबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई वितरण हुनेछ ।
हाल लघुवित्तको चुक्ता पूँजी ४९ करोड ३८ लाख ७७ हजार ५७४ रुपैयाँ छ । बोनस शेयर वितरणपछि लघुवित्तको चुक्ता पूँजी ६० करोड रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया