सोमबार सुनको मूल्य घट्यो, चाँदी बढ्यो

0
Shares

सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार सोमबार सुन तोलाको १०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार १५० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार १८० रुपैयाँ कायम गरिएको छ ।

आइतबार छापावाला सुन तोलाको ९० हजार ७०० रुपैयाँ, तेजावी ९० हजार २५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार सुनको मूल्य घटेपनि चाँदी तोलाको ५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २५ आश्विन २०७८, सोमबार  ११ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।