नर्भिकमा अक्टोबर महिनाभरि म्यामोग्राम गराउँदा भारी छुट हुने

0
Shares

स्तन क्यान्सर पत्ता लगाउने परीक्षण विधि म्यामोग्राम गराउनेहरुका लागि नर्भिक इन्टरनेशनल हस्पिटलले अक्टोबर महिनाभरि भारी छुट दिने भएको छ ।

ब्रेस्ट क्यान्सर स्तन क्यान्सर) अवेयरनेस महिनाको रुपमा अक्टोबरलाई मनाउने गरिन्छ । यही अवसरमा नर्भिक अस्पतालले स्तन क्यान्सर भए नभएको पत्ता लगाउने आधुनिक परीक्षण विधि म्यामोग्राम गराउँदा लाग्ने शुल्कमा २० प्रतिशतको छुट दिने भएको हो ।

अक्टोबर महिनाभरी म्यामोग्राम गराउँदा नर्भिकमा २० प्रतिशत छुट पाइनेछ । अस्पतालको प्यासेन्ट सर्भिस डिपार्टमेन्टका प्रमुख अंकित अग्रवालले भने: हामीले विशेष छुटको स्किम ल्याएर स्तन क्यान्सर सचेतना महिनालाई विशेष बनाउन खोजेका हौं ।

नर्भिकले यस्ता विशेष अवसर, चाडपर्व लगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ । नर्भिकले प्रत्येक शनिवार संचालन गर्ने निःशुल्क ओपिडी अभियानप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २५ आश्विन २०७८, सोमबार  १२ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।